कार्यकारी निर्देशकको सन्देश
लेखनाथ सामुदायिक लायन्स अस्पताल को रुपमा यस भेगका जनतालाई सेवा दिदै आएको यो अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछी संक्रामक र सरुवा रोगहरूको व्यवस्थापनमा समर्पित नेपालको पहिलो प्रादेशिक-स्तरको अस्पताल " संक्रामक तथा सरुवा रोग अस्पताल " को नामले सेवा दिदै आइरहेको मा covid-19 को माहामारी पछी जेनेरल सेवा समेत प्रदान गर्दै हाल "प्रादेशिक जनरल तथा सरुवारोग अस्पताल " को रूपमा सेवा दिदै आइरहेको छ।
अस्पतालले अहिले General तथा विशेषज्ञ OPD सेवा ,निशुल्क Hemodialysis तथा Sero-Positive Hemodialysis सेवा,ANC सेवा ,USG सेवा,आँखा जाँच तथा उपचार सेवा ,परिवार नियोजन सेवा, चौबीसै घण्टा आकस्मिक सेवा , आइसोलेसन, IPD सेवा ,प्रयोगशाला, फार्मेसी, X-RAY सेवाहरू उपलब्ध गराउँदै आएको छ। साथै क्षयरोग तथा सर्पदंस सम्बन्धि जांच तथा उपचार सेवा र हात्तीपाइले सम्बन्धि MMDP सेवा पनि प्रदान हुदै आइरहेको छ। केहि समय यता, सेवाहरुलाई थप बृस्तित बनाउनकोलागी जनरल surgery सेवा साथै हाडजोर्नी सम्बन्धि परामर्श, उपचार तथा शल्यक्रिया सेवा समेत थप गरिएको छ भने स्वास्थ्य बिमा कार्यक्रम लागु गरी सो मार्फत सेवा समेत दिइदै आइरहेको छ |स्थानीय जनसमुदाय संग समन्वय गरी विभिन्न ठाउमा स्वास्थ्य शिबिरहरु समेत हरेक बर्ष संचालन गरिएको छ भने नर्सिंगको लागी Hemodialysis सम्बन्धि तालिमका लागी समेत यस अस्पतालले तालिम site को रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ |
अस्पतालको हालसम्मको प्रगति र सेवा बिस्तारको लागी विभिन्न समयमा विभिन्न भूमिकामा रहि आवश्यक सहयोग र समन्वय गर्नुहुने गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय (HD) ,प्रदेश जनस्वास्थ्य प्रयोगशाला (PPHL), प्रदेश स्वास्थ्य लजिस्टिक व्यवस्थापन केन्द्र (PHLMC), प्रादेशिक स्वास्थ्य तालिम केन्द्र,स्वास्थ्य कार्यालय, कास्की ,अस्पताल व्यवस्थापन तथा संचालन समिति ,अहोरात्र खट्नुहुने सम्पूर्ण कर्मचारीहरु, समुदायका सदस्यहरूका साथै सबै सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छु। गण्डकी प्रदेशका जनतालाई गुणस्तरीय तथा बिस्तारित स्वास्थ्य सेवा सुनिश्चित गर्न अस्पतालको क्षमता विस्तार र सेवाहरुको सुदृधिकरण गर्दै आएका छौ र आगामी दिनमा समेत सो क्रममा निरन्तर लागिरहने छौं।
कृपया हामीलाई अस्पतालमा समग्र स्वास्थ्य सेवा सुधार गर्न आफ्नो बहुमूल्य सुझावहरू प्रदान गर्नुहोला। धन्यवाद |
डा. सरोजा पोखरेल
143
